डकेटको १६५ रनको मद्धतले इङल्याण्डले अस्ट्रेलियालाई दियो ३५२ रनको लक्ष्य
काठमाडौ। इङल्याण्डले च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा अस्ट्रेलियालाई ३५२ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउदै ३५१ रन बनाएको हो।
इङल्याण्डका लागि बेन डकेटले १६५ रन बनाए। उनले १४३ बलमा १७ चौका र ३ छक्काको मद्धतले १६५ रन बनाए। त्यस्तै जो रुटले ६८ रन बनाए भने कप्तान जोस बटलरले २३ र जोफ्रा आर्चरले २१ रन बनाए।
त्यसैगरी अस्ट्रेलियाका बलर बेन ड्वारशुइसले सर्वाधिक ३ विकेट लिए भने एडम जाम्पा र मार्नस लाबुसचान्ग्नेले २–२ विकेट र ग्लेन म्याक्सवेलले एक विकेट लिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment