ब्ल्याक बुल्सलाई हराउँदै एपीएफ केपी ओली कपको क्वाटरफाइनलमा

डिसी नेपाल
११ फागुन २०८१ १८:०२
132
Shares

काठमाडौं । एपीएफले केपी ओली कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

आइतबार सम्पन्न उद्घाटन खेलमा टाई ब्रेकरमा एपीएफले  उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई ४-३ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा पुगेको छ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बनेपछि खेलको निर्णय पेनाल्टी सुट आउटमा गरिएको थियो।

एपीएफको जितमा गोल किपर एन्जल श्रेष्ठ हिरो बनेका थिए। उनले दुई पेनाल्टी रोकेर आहा रारा गोल्डकप जितेको ब्ल्याक बुल्सलाई प्रतियोगिताबाटै बाहिरको बाटो देखाइदिएका थिए। अब एपीएफले क्वाटरफाइनलमा संकट क्लबसँग खेल्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.