च्याम्पियन्स ट्रफी: बंगलादेश विरुद्ध न्युजिल्याण्डले टस जितेर बलिङ रोज्यो
काठमाडौं । पाकिस्तानको रावलपिंडीमा भइरहेको च्याम्पियन्स ट्रफीको खेलमा न्युजिल्याण्डले बंगलादेश विरुद्ध टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।
यो खेल बंगलादेश र न्युजिल्याण्ड दुवैका लागि महत्त्वपूर्ण हुनेछ। यदि न्युजिल्याण्डले खेल जित्यो भने ऊ र भारतीय क्रिकेट टोली सेमिफाइनलमा पुग्नेछ।
यद्यपि, यस खेलमा बंगलादेशले जित्यो भने पनि अन्य खेलहरूको नतिजामा निर्भर रहनुपर्नेछ। यदि बंगलादेश हारेमा ऊ र पाकिस्तान क्रिकेट टोली प्रतियोगिताबाट बाहिरिनेछ।
किनभने बंगलादेश आफ्नो पहिलो खेलमा भारतीय क्रिकेट टोलीसँग पराजित भएको थियो। न्युजिल्याण्डले च्याम्पियन्स ट्रफीको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई हराएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment