नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
१३ फागुन २०८१ १०:५६
184
Shares

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ। बैंकले २ लाख ४३ हजार ६०३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यो सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन्।

यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (फागुन १३ गते) देखि ७ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *