शिखर इन्स्योरेन्सको आज साधारण सभा
काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा आज (फागुन १३ गते) बस्दैछ।
सभामा कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ।
त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ। सभा प्रयोजनका लागि कम्पनीले माघ ३० बुक क्लोज गरिसकेको छ। तसर्थ, माघ २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।
सभा कम्पनीको केन्द्रीय कार्यालय शिखर विज सेन्टर, थापाथली काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment