च्याम्पियन्स ट्रफी: इङल्याण्डले दक्षिण अफ्रिकालाई दियो १८० रनको लक्ष्य

डिसी नेपाल
१७ फागुन २०८१ १८:११
184
Shares

काठमाडौं। इङल्याण्डले दक्षिण अफ्रिकालाई १८० रनको लक्ष्य दिएको छ।

जारी च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ३८.२ ओभरमा अल आउट हुदै १७९ रन बनाएको हो। इङल्याण्डका लागिजो रुटले सर्वाधिक ३७ रन बनाए भने जोफ्रा आर्चरले २५, बेन डकेटले २४, कप्तान जोस बटलरले २१ रन बनाएका थिए।

त्यसैगरी दक्षिण अफ्रिकाका बलर माक्रो जानसेन र विआन मल्डरले ३(३ विकेट लिएका थिए भने केशव महाराजले २ तथा लुंगी एनगिडी र कगीसो रबाडाले एक एक विकेट लिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.