‘विराट गोल्ड कप’ को सम्पूर्ण तयारी पूरा
विराटनगर। विराटनगरमा भोलिदेखि सञ्चालन हुने ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक नवीन रिजालले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।
शहीद रंगशालामा हुने प्रतियोगितामा छिमेकी राष्ट्र भारतका दुई र नेपालका विभागीयसहित १० वटा टोली सहभागी हुने उनले जानकारी दिए।
प्रतियोगिता सञ्चालन गर्न रु एक करोड ३५ लाख खर्च हुने अनुमान गरिएको छ। प्रतियोगितको विजेतालाई नगद रु ११ लाख, उपविजेतालाई रु पाँच लाख, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु १५ हजार, दैनिक हुने खेलका उत्कृष्ट खेलाडीलाई रु ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई रु ५१ हजार नगद पुरस्कार प्रदान गरिने संयोजक रिजालले जानकारी दिए।
प्रतियोगिताको संरक्षक र प्राविधिक सहयोगमा कोशी प्रदेश सरकार, प्रदेश खेलकुद विकास बोर्ड, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघ र मोरङ उद्योग व्यापार संघ रहेका छन्।







डिसी नेपाल







Facebook Comment