नेप्सेमा ३० अंकको गिरावट

डिसी नेपाल
२० फागुन २०८१ १५:३१
28
Shares

काठमाडौं । सेयर बजारमा ३० अंकको गिरावट आएको छ। मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.३६ अंकले घटेर २८४६.३० बिन्दुमा बन्द भएको हो।

अघिल्लो कारोबार दिन सोमबार नेप्से १३.६२ अंकले घटेको थियो। मंगलबार कारोबार रकममा पनि कमि आएको छ। आज नेप्सेमा कुल १२ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

अघिल्लो कारोबार दिन सोमबार भने कुल १४ अर्ब २८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

मंगलबार कारोबारमा आएकामध्ये ४१ कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ।

आज पनि गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यो सँगै गार्डियन माइक्रोलाइफको सेयर मुल्यमा लगातार १६ कारोबार १० प्रतिशतको दरले वृद्धि भएको छ।

मंगलबार सिन्धु विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशतले घटेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *