कुलमान हटाए सडक र सदनबाट आन्दोलन गर्छौं : ज्ञानेन्द्र शाही

डिसी नेपाल
२१ फागुन २०८१ १४:३०
224
Shares

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाए सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी दिएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अँध्यारो नेपालबाट उज्यालो नेपाल बनाउने घिसिङलाई हटाउने प्रपञ्च गरिएको आरोप लगाए। कुलमानलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलेको भनेर सडक र सदनबाट आवाज उठाउने उनको चेतावनी छ।

‘अन्धकार नेपाललाई उज्यालो नेपाल बनाउने कुलमानलाई कारबाही गर्ने मात्र होइन कि शून्य अंक दिने रे फेल हुनेलाई पास, पास हुनेलाई फेल कस्तो हो यो? कुलमान घिसिङलाई हटाउने जुन प्रपञ्च गरिँदैछ र मन्त्रिपरिषद्ले निर्णय हुँदैछ भन्ने सुन्नमा आएको छ। यदि कुलमानलाई हटाइयो भने,नेपाललाई अन्धकारतिर धकेलेको भनेर सडक र सदन दुबैबाट आवाज उठ्छ,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *