देश विकासका लागि महिलाको समान सहभागिता आवश्यक छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
उनले शुभकामना सन्देश जारी गर्दै देशको विकासका लागि जनसंख्याको आधा भन्दा बढी भाग ओगट्ने महिलाको समान सहभागिता हुन अत्यन्त जरुरी रहको बताएका हुन्।
उनले लेखेका छन्, ‘महिला अधिकार स्थापित गर्ने संघर्षको दिनका रुपमा आज ८ मार्चलाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउने गरिएको छ। नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुशरणीय रहँदै आएको छ। ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्र्वाक्षरले लेखिएको छ। देशको विकासका लागि जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिला दिदीबहिनीहरुको समान सहभागिता अत्यन्त जरुरी छ।’
साथै, उनले संसारभरका महिलाहरुलाई समानताको हक अधिकार स्थापित गर्न यस दिवसले प्रेरणादायी भूमिका खेल्ने बताए।
आज ‘सबै महिला तथा बालिकाको लागि ःअधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ नेपालसहित विश्वभरि नै विविध कार्यक्रम गरी ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ। सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले महिला (नारी) दिवस मनाउन थालेको हो।







डिसी नेपाल







तिमी हरु जस्तो चोर भ्रस्ट नेता ले गर्दा देश डुबी सक्यो जहाँ गयो त्यही ठिक्क पार्ने भाषाण ले