कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ चित्तबुझ्दो भएनः सांसद दाहाल
काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको बताएका छन्।
सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले कुलमान घिसिङलाई पदबाट हटाउनुको कारण माग गरेपनि प्रधानमन्त्री आलटाल गरेर जवाफ दिएकाले चित्तबुझ्दो नभएको बताएका छन्।
उनले ऊर्जामन्त्रीले कमिशन मागेको र जलाशययुक्त आयोजना निजीकरणको निर्णयको विरोध गर्दा कुलमानलाई हटाएको विषयलाई प्रधानमन्त्रीले बंग्याएर ऊर्जामन्त्रीप्रति उत्तरदारी नभएका कारण हटाइएको भनेर दिएको जवाफ गलत रहेको जिकिर गरे।
प्रधानमन्त्रीको जवाफले कुलमानलाई गैरकानूनी रुपम हटाइएको प्रमाणित भएको उनको भनाइ छ। सांसद दाहालले प्रधानमन्त्रीको जवाफ चित्तबुझ्दो नहुँदा पनि गणतन्त्रविरोधी हर्कतको एक भएर सामना गर्न सदन खुलाउन सहमत भएको बताए।
यसअघि कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले लगातार सदन अवरुद्ध गरेको थियो।







डिसी नेपाल








Facebook Comment