कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरियो
कर्णाली। कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्य गरिएको हो।
प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश सरकारको सिफारिसमा दोस्रो कार्यकालको पाँचौँ अधिवेशन अन्त्य गरेक हुन्। प्रदेश सभाको हिउँदे अधिवेशन सुरु गत माघ ७ गते सुरु भएको थियो।
प्रदेश सभा सचिवालयका अनुसार यस अवधिमा प्रदेश सभाका ३१ वटा बैठक बसेका छन् भने जम्मा ३६ घण्टा एक मिनेट २५ सेकेन्ड समय व्यतीत भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेको प्रदेशसभाको हिउँदे अधिवेशनले महत्त्वपूर्ण विधेयक पारित गरेको छ। नेतृत्वविहीन अर्थ तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति र सामाजिक लेखा समितिको नेतृत्व चयन पनि अधिवेशनले गरेको छ।
प्रदेश सभा सचिवालयका अनुसार हिउँदे अधिवेशनमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक, कर्णाली प्रदेश सवारी यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश बीउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भएका छन्।







डिसी नेपाल








Facebook Comment