राजाबादी आन्दोलन संविधान समाप्त पार्ने षड्यन्त्र : गृहमन्त्री

डिसी नेपाल
२२ चैत २०८१ १२:३४
112
Shares

काठमाडौं । तीनकुनेमा गत १५ गते राजाबादीको आन्दोलनको क्रममा भएको घटनाबारे जवाफ गृहमन्त्री रमेश लेखकले संसदीय समितिमा उपस्थित भएर जवाफ दिएका छन्।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखकले तीनकुनेमा राजाबादीले गरेको आन्दोलन हिंसात्मक, अमर्यादित र उच्छृङ्खल भएको बताएका छन्। व्यवस्था उल्ट्याउने षड्यन्त्रको साथमा राजबादीले आन्दोलनलाई हिंस्रक बनाएको उनले बताए।

‘संविधान उल्ट्याउने षड्यन्त्र साथ फागुन ७ गतेको अभिव्यक्ति, २५ गतेको प्रदर्शन भएको हो। राजनीतिक अधिकारको चरम अवमूल्यन हुने गरी व्यक्तिका निजि सम्पत्ति, सरकारी संरचना, मिडिया हाउस, पार्टी कार्यालयलगायतको आक्रमण गर्ने कुरा स्वीकार्य हुँदैन। सुरक्षाकर्मीमाथि गाडी चढाउने प्रयास क्षम्य हुँदैन,’ उनले भने।

मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय प्रक्रियामा रहेको र दुवैका परिवारलाई राहत उपलब्ध गराइने उनले बताए। ‘राजाबादीको आन्दोलन संविधानलाई उल्ट्याउने, अवलम्बन गरेको राज्य व्यवस्था उल्टाउनेसँग प्रेरित छ। विचार अभिव्यक्ति स्वतन्त्रता राख्न पाउने, प्रचार प्रसार गर्न पाउने, शान्तिपूर्णरूपमा भेला हुन पाउने व्यवस्था राज्यले गरेको छ। नागरिकको चरम अधिकार उल्लंघन हुने गरी, निजी सम्पत्ति, सवारी साधन, पार्टी कार्यालय लगायतका क्षति पुर्‍याउने कुनै राजनीतिक विचार र आदर्शबाट प्रेरित हुन सक्दैन,’ उनले भने।

बुधबार सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरूले राजावादीको प्रदर्शनका भएको घटनाका विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरेपछि समितिले आज बैठकमा गृहमन्त्रीलाई बोलाउने निर्णय गरेको थियो।

राज्य व्यवस्था समितिमा गृहमन्त्रीसँगै प्रहरी महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसमेत सहमागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.