राप्रपाको काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

डिसी नेपाल
२२ चैत २०८१ १५:२०
636
Shares

काठमाडौं ।  राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ।

चैत १५ गते भएको राजावादीको प्रदर्शन प्रहरी दमनको विरोधमा प्रदर्शन गरिएको हो।

राप्रपाले प्रहरी हिरासतमा रहेका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणाको रिहाइको मागसमेत गरेको छ।

प्रदर्शनका क्रममा तीनकुनेलगायतका क्षेत्रमा भएको घटनाको निष्पक्ष छानबिन गर्न मागसमेत गरिएको छ। तीनकुने घटनामा एकपक्षीय ढंगले व्याख्या गर्ने काम भएको भन्दै घटनाको निष्पक्ष छानविन गर्न राप्रपाको माग छ।

त्यस्तै राप्रपाले राज्य आतंक बन्द गर्नुपर्ने, नागरिक स्वतन्त्रता कायम गर्नुपर्ने जनाएको छ ।

प्रदर्शनपछि आयोजित सभामा राप्रपा नेता पशुपतिशम्शेर राणाले बहुदलीय प्रजातन्त्रभित्र फरक मत राख्न पाउने अधिकार सवैको रहेको भन्दै फरक मत राखेकै आधारमा नेताहरूलाई पक्राउ गर्नु उचित नभएको धारणा राखे।

उनले चैत्र १५ गते राज्यबाट दमन भएको भन्दै भत्र्सना गरे। आफ्नो नेताहरुलाई रिहाई नगरेसम्म निरन्तर आन्दोलन गर्ने राप्रपाले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.