रविलाई उपस्थित गराइयो अदालत, कारागार चलान गरिने

डिसी नेपाल
२५ चैत २०८१ ११:५०
656
Shares

भैरहवा । रुपन्देही प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएको छ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश कार्यान्वयनका लागि उनलाई पक्राउ गरेर जिल्ला अदालतमा उपस्थित गराइएको रुपन्देही प्रहरीले जनाएको छ।

जिल्ला अदालत रुपन्देहीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी मुद्दामा लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेश गरेपछि सरकारी वकिल कार्यालय रुपन्देही र लामिछाने दुवैले पुनरावेदनका लागि उच्च अदालतमा निवेदन दिएका थिए।

उक्त रिटमाथि उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गर्दै गत शुक्रबार सुनुवाइ गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो। आज अदालत प्रक्रिया पूरा गरी उनलाई कारागार पठाइनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.