तीनकुने घटनाका घाइतहरुलाई गृहमन्त्रीले भेटे, उपचारमा कमी हुन नदिने प्रतिबद्धता

डिसी नेपाल
२७ चैत २०८१ १८:१३
60
Shares

काठमाडौं। गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते राजावादीको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा घाइते भएकाहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।

बुधबार घाइतेको उपचार भइरहेको बिभिन्न अस्पतालमा पुगेर गृहमन्त्री लेखकले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन्। सो क्रममा उनले घाइतेहरुको सरकारले निशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिए। कसैले व्यक्तिगत खर्चमा उपचार गरेको भए अस्पतालमार्फत सरकारले उपचारमा लागेको खर्च फिर्ता दिने उनले बताए। गृहमन्त्री लेखकले उक्त घटनामा घाइते भएकाहरुको उपचारको कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए।

चैत्र १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको प्रदर्शनका क्रममा भएको घटनामा दुई जनाको मृत्यु भएको थियो भने प्रहरी र प्रदर्शकारीकासाथै सर्वसाधारणसमेत घाइते भएका थिए। सो क्रममा २ महिला र १८ पुरुष गरि २० जनालाई गोली लागेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.