दुर्गा प्रसाईँलाई पूर्वी नाकाबाट नेपाल ल्याइदैँ
झापा । तिन कुने घटनापछि फरार भएका दुर्गा प्रसाईँलाई भारतमा पक्राउ गरि काँकडभिट्टा नाकाबाट नेपाल ल्याइदै छ । प्रसाईँलाई पुर्वी नाका बाट नेपाल ल्याउने भएपछि उनका शुभ चिन्तक पूर्वी नाकामा भेला भएका छन् ।
पूर्वी नाका काँकडभिट्टामा उनका दाजु , शुभ चिन्तक र कानुन व्यवसायीहरू भेला भएका छन् । मेची पुलमा उनका परिवारका सदस्य र समर्थकहरू उनको प्रतीक्षामा रहेको स्रोत जनाएको छ।
झापाको काँकडभिट्टा नाका हुँदै भारत पसेको सूचना पाएपछि प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा खोजी जारी राखेको थियो । उनलाई खोज्न नेपाल प्रहरीका तीन विशेष टोली भारत नै पुगेको स्रोतले जनायो ।
प्रसाईंलाई काठमाडौं ल्याएर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरी तयारी छ । तीनकुने प्रदर्शनका बेला उनले प्रहरी अधिकारीहरुलाई नै किच्याउने गरी गाडी समेत हाँकेका थिए । यस्तोमा उनीविरुद्ध ज्यान मार्ने उद्योग गरेको कसुरमा पनि मुद्दा चल्न सक्ने एक अधिकृत बताउँछन् ।







डिसी नेपाल








Facebook Comment