म्याद थपका लागि दुर्गा प्रसाईंलाई जिल्ला अदालत लगियो

डिसी नेपाल
२९ चैत २०८१ १४:४२
420
Shares

काठमाडौ । शुक्रबार पक्राउ परेका दुर्गा प्रसाईँलाई म्याद थपका लागि काठमाडौं अदालत लगिएको छ ।

तीनकुने घटनाका मुख्य आरोपित प्रसाईंलाई प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय पुराएर म्याद थपका लागि काठमाडौं अदालतमा पुराएको हो ।

प्रसाईंमाथि राज्यविरुद्धको अपराध र संगठित अपराधमा अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । झापामा पक्राउ परेका प्रसाईँलाई शुक्रबार नै प्रहरीले भद्रपुर हुदै काठमाडौं ल्याएको थियो ।

तीनकुनेमा राजावादील गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु हुनका साथै ठूलो जनधनको क्षति भएको थियो । उक्त घटनापछि प्रसाईँ फरार थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.