राष्ट्रिय झण्डा बोकेर राप्रपा प्रदर्शनमा (तस्बिरसहित)
काठमाडाैं। राजसंस्था पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माइतीघर-नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेको छ। आइतबार दिउँसो १२ बजेपछि माइतीघर-बबरमहल हुँदै नयाँबानेश्वर क्षेत्रमा राप्रपाको प्रदर्शन जारी छ।
राप्रपाका प्रदर्शनकारीले बानेश्वर, भद्रकालीस्थित निषेधित क्षेत्र तोड्ने प्रयास गर्दैछ। यसअघि राप्रपाले गत चैत २५ गते बल्खुमा शान्तिपूर्ण जनप्रदर्शन गरेको थियो। उक्त जनप्रदर्शन सोचेजस्तो प्रभावकारी हुन नसकेपनि रापपाले आन्दोलनलाई निरन्तरता दिने तयारी गरेको छ।
राप्रपाले निषेधित क्षेत्र तोड्ने तयारी गरेपछि सरकारी पक्ष सैह्य नहुने चेतावनी दिइसकेको छ। अध्यक्ष लिङदेनले भने बोल्न, हिँड्न सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रविरुद्ध प्रतिकात्मक शान्तिपूर्ण प्रदर्शन गर्न लागेका बताएका छन्।
उनले आफ्नो प्रदर्शन देखेर सरकारलाई नडराउन सुझाव दिएका छन्। प्रदर्शनअघि हिजो राप्रपाका नेताहरुले निर्मल निवास पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका थिए।























Facebook Comment