संवैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी

डिसी नेपाल
७ वैशाख २०८२ १३:५४
1.5k
Shares

काठमाडौं। संवैधानिक निकायका ५२ नियुक्तिका बारेमा सर्वोच्च अदालतमा सुनवाइ जारी रहेको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासमा सुनुवाइ जारी रहेको हो।

प्रधानन्यायाधीश  राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाइ भइरहेको जनाइएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्यालसहितले दायर गरेको १५ थान रिटमाथि बल्ल गत  माघदेखि नियमित सुनुवाइ भएको हो।

गत बुधबार चौथो दिन सुनुवाइ भएको थियो । सामान्यतया बुधबार र शुक्रबार मात्रै पूर्ण इजलास तोकिने गरेको प्रधानन्यायाधीशकै अग्रसरतामा यो मुद्दामा प्राथमिकता तोकिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *