राप्रपाका नेताहरू सिंहदरबारबाटै प्रहरी नियन्त्रणमा

डिसी नेपाल
७ वैशाख २०८२ १४:१७
1.2k
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगाएतका नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको हो । संसदीय दलको कार्यालयबाट निस्केपछि उनीहरुले सिंहदरबारभित्र पम्प्लेट बोकेर प्रदर्शन गरेका थिए ।

राप्रपाका नेताहरुले तीनकुने घटनाको न्यायीक छानविन गर, तीनकुने प्रकरणमा पक्राउ परेका नेताहरुलाई रिहाइ गर भन्दै नारावाजी समेत गरेका थिए । त्यसपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

त्यसअघि संसदीय दलको कार्यालयबाट निस्कदै गर्दा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष लिङदेनले सरकारले बोल्न पाउने, प्रदर्शन गर्न पाउने अधिकारलाई हनन गरेकाले विरोध स्वरुप निषेधीत क्षेत्रमा प्रदर्शन गर्न खाजेको बताए।

सिहदरबारबाट नियन्त्रणमा लिएर राप्रपाका नेताहरुलाई प्रहरीले काठमाडौ प्रहरी परिसर पुराएको थियो । राप्रपा नेताहरुले निषेधित क्षेत्र तोडेर सिंहदबारभित्रै प्रदर्शन गरेपछि नियन्त्रणमा लिइएको परिसरले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *