ऐन जारी नभएसम्म नफर्किने अडानसहित शिक्षक आन्दोलन आज पनि जारी

डिसी नेपाल
१६ वैशाख २०८२ १४:४७
140
Shares

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले आन्दोलनलाई जारी राखेको छ।

आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन्। उनीहरूले सरकारसंगको वार्ता र आन्दोलनलाई निरन्तर रुपमा अघि बढाएका छन्।

उनीहरूले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै मंगलबार नयाँ बानेश्वरस्थीत निषेधीत क्षेत्र नजिक प्रदर्शन गरेका थिए।

शिक्षकहरुले निषेधीत क्षेत्र तोड्ने प्रयत्न गरेपनि प्रहरीले रोकेको थियो। महासंघले तत्काल सरकारले आफुहरुको मागमा सहमति नजनाए बुधबार सामूहिक गिरफ्तारी दिने जनाएको छ। शिक्षकहरू चैत २० यता निरन्तर आन्दोलनमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.