सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती भएको बताएका छन्।
सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारसम्बन्धी नीतिगत छलफल कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले सार्वजनिक खर्चको उपयोगिता र सेवाको गुणस्तर नागरिकको दैनिकी, राज्यप्रतिको विश्वास र लोकतन्त्रको प्रभावकारितासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरे।
उनले राज्यले नागरिकबाट संकलन गरेको कर, शुल्क तथा अन्तर्राष्ट्रिय सहायता मार्फत प्राप्त स्रोतलाई शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक सुरक्षा र प्रशासनिक सेवामा लगानी गर्ने गरेको बताए।
उनले भने, ‘सार्वजनिक खर्चको उपयोगिता र सेवा सुधारको विषय पनि आजका दिन उत्तिकै महत्वपूर्ण छ। यो विषय नागरिकको दैनिकी, राज्यप्रतिको विश्वास, लोकतन्त्रको प्रभावकारितासँग पनि प्रत्यक्ष जोडिएको छ। राज्यले नागरिकबाट संकलन गरेको कर, शुल्क र अन्तर्राष्ट्रिय सहायता मार्फत संकलन गरेको स्रोत सार्वजनिक खर्चमा शिक्षा, स्वास्थ्य, पूर्वाधार सामाजिक सुरक्षा र प्रशासनिक सेवामा लगानी गर्दछ।’
मन्त्री सिन्हाले नागरिकको मुख्य प्रश्न सार्वजनिक खर्चबाट प्राप्त सेवाको गुणस्तर हो भन्नेमा जोड दिए। ‘नागरिकले सोध्ने प्रश्न के हो भने, हामीले गरेको सार्वजनिक खर्चबाट नागरिकले अनुभूति गर्ने गुणस्तरीय सेवा प्राप्त भइरहेको छ कि छैन?’ उनले भने।
उनले शिक्षाको गुणस्तरमाथि अझै पनि प्रश्न उठिरहेको उल्लेख गर्दै अस्पताल भए पनि सेवामा पहुँच र प्रभावकारिता पर्याप्त छ कि छैन भन्ने विषय चुनौतीकै रूपमा रहेको बताए । सार्वजनिक खर्चलाई नतिजामुखी बनाउँदै सेवा प्रवाह सुधार गर्न आवश्यक रहेको उनको भनाइ थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment