यी हुन् सबन्ध बिच्छेद पछि एकल जीवन बिताइरहेकी ७ बलिउड अभिनेत्री

डिसी नेपाल
१७ वैशाख २०८२ १०:१२
1.0k
Shares

मुम्बई। बलिउडमा यस्ता धेरै अभिनेत्रीहरु रहेका छन्, जसले विवाह गरेको केही वर्षपछि सम्बन्धविच्छेद गरेका थिए।

यस्तो अवस्थामा यी सुन्दरीले फेरि बिहे नगरी बस्न पुगेका छन् र अहिले पनि उनीहरू सिंगल नै रहेका छन्। चाहे करिश्मा कपूर हुन् वा सामन्था रुथ प्रभु, उनीहरुको सम्बन्धविच्छेद भएको धेरै वर्ष भइसक्यो। यद्यपि यी सुन्दरीहरू अझै एकल जीवन बाँचिरहेका छन्। आउनुहोस्, बलिउडमा सबन्धबिच्छेद पछि एकल जीवन जिउनेहरूको पहिचान गरौं।

मलाइका अरोराले १९९८ मा अरबाज खानसँग विवाह गरेकी थिइन्। जसवाट उनीहरुको एक छोरा अरहान पनि छन्। तर, विवाह गरेको १९ वर्षपछि २०१७ मा उनीहरुको सम्बन्धविच्छेद भयो। त्यसपछि उनले फेरि बिहे गरिनन् । एक्लै जीवन बिताइरहेकी छिन्।

कुशा कपिलाले सन २०१७ मा व्यापारी जोरावर सिंह अहलुवालियासँग विवाह गरिन्। यद्यपि तिनीहरूले २०२३ मा सम्बन्ध विच्छेद गरे र अहिले पनि उनी एकल जीवन बिताइरहेकी छिन्।

अर्की अभिनेत्री मनिषा कोइरालाले सन् २०१० मा सम्राट दाहालसँग विवाह गरेकी दुई वर्षपछि सम्बन्धविच्छेद गरिन्। त्यसबेला देखि हालसम्म नायिका कोइरालाले पुनः बिबाह गरेकी छैनन्। उनी अझै एकल जीवन बिताईरहेकी छिन्।

उता, श्वेता तिवारीले एक पटक होइन, दुई दुई पटक बिहे गरिन तर दुबै पटक उनको डिभोर्स भयो। नायिकाले पहिलो विवाह सन् १९९८ मा राजा चौधरीसँग गरेकी थिइन् र उनीसँग सन् २००७ मा सम्बन्धविच्छेद भएको थियो। यसपछि अभिनेत्रीले २०१३ मा अभिनव कोहलीलाई आफ्नो पार्टनर बनाइन् तर २०१९ मा उनीहरुको सम्बन्ध टुट्यो। अहिले श्वेताले आफ्ना सन्तानलाई सिंगल मदरका रुपमा हुर्काउँदै छिन्।

सामन्था रुथ प्रभुले २०१७ मा नागा चैतन्यसँग विवाह गरेकी थिइन् तर २०२१ मा सम्बन्धविच्छेद गरेर दुवैले छुट्टिए। उता, सन् २०२४ मा नागा चैतन्यले शोभिता धुलिपालासँग दोस्रो विवाह गरे पनि सम्बन्धविच्छेद भएको ४ वर्षपछि पनि सामन्था भने एकल जीवन बिताइरहेकी छिन्।

करिश्मा कपुरले सन् २००३ मा सञ्जय कपुरसँग विवाह गरेकी थिइन्। १३ वर्षको विवाह पछि २०१६ मा उनीहरुको सम्बन्धविच्छेद भयो र अहिले अभिनेत्री करिश्मा एक्लो जीवन बिताइरहेका छिन्।

महिमा चौधरी सन् २००६ मा बबी चौधरीसँग बिबाह गरेकी थिइन्। तर सन २०१३ मा उनीहरुको सम्बन्धविच्छेद  भयो। अभिनेत्रीको सम्बन्धविच्छेद भएको १२ वर्ष भइसक्यो तर उनले अझै बिवाह गरेकी छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.