चेकजाँचका क्रमामा भागेको कार दुर्घटना , ४ सय २१ किलो गाँजा बरामद

डिसी नेपाल
१७ वैशाख २०८२ ११:३७
1.1k
Shares

बिराटनगर। धनकुटाबाट सशस्त्र प्रहरी बलले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ।

बुधबार बिहान धनकुटा, साँगुरीगढी गाउंपालिका-६ नमस्ते झरनास्थित कोशी लोकमार्गमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको कारलाई सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन वेश मुलघाटको चेक प्वाईन्ट डिउटीले शंका लागि चेकजाँच गर्न खोज्दा भागेको थियो।

को २ प १७३४ नम्बरको कार भागेपछि पिछा गर्दा उक्त कार गति अनियन्त्रित भई भित्तामा ठोकी चालक फरार भएको अवस्थामा नियन्त्रणमा लिएको र चेकजाँच गर्दा १२ वटा पोकामा प्याक गरिएको ४ सय २१ किलो गाँजा फेला परेको हो। कार र बरामद गाँजा थप कारबाहिका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.