कटुवा पेस्तोल फेला
Shooting a gun in night
तनहुँ । इलाका प्रहरी कार्यालय आबुखैरेनीको टोलीले कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ।
बाराको सदरमुकाम कलैयाबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाहक बसलाई बेनिटारमा चेकजाँच गर्दा प्रहरीले कटुवा पेस्तोल बरामद गरेको हो।
आबुखैरेनीका इन्स्पेक्टर प्रदीप सुवेदीका अनुसार विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा बाराकै सुवर्ण गाउँपालिका– १ का १९ वर्षीय ओमबाबुप्रसाद यादवबाट पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment