सत्ता गठबन्धनको बैठकमा गएनन् गगन
फाइल तस्बिर
काठमाडौं । सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा अनुपस्थित भएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठकमा थापा अनुपस्थित भएका हुन।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री आरजु राणा उपस्थित छन्।
एमालेबाट वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल, प्रदीय ज्ञवाली र प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमाल सहभागी छन्।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, खानेपानीमन्त्री प्रदीय यादव, श्रममन्त्री शरदसिंह भण्डारी बैठकमा सामेल छन्।
केही दिनअघि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि अनुपस्थित रहेका थापा सत्तापक्षीय दलको आजको बैठकमा पनि अनुपस्थित भएका हुन्।







डिसी नेपाल








Facebook Comment