शिक्षक आन्दोलनसँगै वार्ता जारी

डिसी नेपाल
१७ वैशाख २०८२ १५:१२
192
Shares

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँगको वार्तासँगै आन्दोलनलाई पनि निरन्तरता दिएको छ।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने लगायतका माग राख्दै महासंघले बुधबार पनि काठमाडौंमा प्रदर्शन गरेको हो। आफूहरूको माग पूरा हुने अवस्था नबनेसम्म आन्दोलन जारी रहने महासंघले स्पष्ट पारेको छ।

आन्दोलनमा रहेका शिक्षकहरूले आफूहरूको मुख्य माग विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने रहेको बताए। तर, आफूहरूको आन्दोलनलाई तलव भत्तासँग जोडेर प्रचार गरिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।

आफूहरूसँग यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरू विद्यालय बन्द गरेर लामोसमयदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.