सूर्यविनायकका वडा सचिव एवं मध्यपुर थिमिका वडा अध्यक्षका भाइ पक्राउ

डिसी नेपाल
१८ वैशाख २०८२ १७:१७
5.8k
Shares

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-१ सिरुटारका वडा सचिव राम श्रेष्ठ पक्राउ परेका छन्।

जुवा खेलिरहेको अवस्थामा वडा सचिव श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई मध्यपुर थिमि नगरपालिका-४ एसएस चोकको एउटा घरमा तास खेलिरहेको बेला पक्राउ गरिएको हो। श्रेष्ठलाई नगद ६ हजार ९ सय रुपैयाँसहित पक्राउ गरिएको हो।

पक्राउ परेका वडा सचिव श्रेष्ठ मध्यपुर थिमि नगरपालिकाका एउटा वडाका वडा अध्यक्षका भाइसमेत हुन्। उनी मध्यपुर थिमि नगरपालिका-५ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठका भाइसमेत हुन्।

सोही समूहमा स्वास्थ्य मन्त्रालयका अधिकृत मीनबहादुर श्रेष्ठ पनि पक्राउ परेका छन्। उनलाई नगद ११ हजार दुई सय रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनीहरू दुवै जनासहित ९ जनाको समूहमा तास खेलिरहेको बेला एकैचोटी उनीहरू पक्राउ परेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.