राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले शिष्टचार भेट

डिसी नेपाल
१९ वैशाख २०८२ १०:५७
92
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाौडेलसँग अजरबैजानका उप विदेशमन्त्री एलनुर मामेडोभले शिष्टचार भेट गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धमा नयाँ प्रगति भएकोमा खुशी व्यक्त गर्दै दुई देशबीचको सहकार्यका क्षेत्रहरूको पहिचान गरी मिलेर काम गर्नुपर्ने बताए। उनले कोप-२९ मा आफ्नो सहभागिताबारे स्मरण गर्दै आगामी दिनमा दुई देशको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरे।

उप विदेशमन्त्री मामोडोभले राष्ट्रपति पौडेलको अजरबैजान भ्रमणका कारण दुई देशबीचको सम्बन्धमा नयाँ आयम थपिएको बताउँदै ३० वर्षसम्म कुनै समझदारीपत्रमा हस्ताक्षर हुन नसके पनि अब कुनै न कुनै समझदारीपत्रमा चाँडै हस्ताक्षर हुने गरी काम भइरहेको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.