सचिन तेन्दुलकरकी छोरीसँग डेटमा छन् ‘सिद्धान्त चतुर्वेदी’

डिसी नेपाल
२१ वैशाख २०८२ ९:४४
3.4k
Shares

मुम्बई, २१ बैशाख । सिद्धान्त चतुर्वेदीले रणवीर सिंहको ‘गली ब्वाई’ बाट आफ्नो छाप छाडेका थिए र त्यसपछि उनले आफ्नो दमदार अभिनयले दर्शकको मन जित्ने क्रम जारी राखिरहेका छन् । पछिल्लो समय अभिनेता आफ्नो प्रेम जीवनका कारण चर्चामा छन् ।

यतिबेला ‘गहराईं’ फेम अभिनेताको नाम क्रिकेट लिजेण्ड सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकरसँग जोडिएको छ । पछिल्लो मिडिया रिपोर्ट अनुसार, आजकल सिद्धान्त चतुर्वेदी र सारा तेन्दुलकर डेट गरिरहेका छन्।

फिल्म फेयरको रिपोर्ट अनुसार सिद्धान्त चतुर्वेदी र सारा तेन्दुलकरलाई धेरै अवसरमा सँगै देखिएका छन । यी दुवै आजकल प्रायः सँगै समय बिताउने गरेको देखिन्छ, त्यसपछि यो जोडी डेट गरिरहेको अड्कलबाजी भइरहेको छ । फिल्मफेयरको नजिकको स्रोतले भने, ‘सिद्धान्त र साराको मित्रता अझै प्रारम्भिक चरणमा छ तर उनीहरुको केमेस्ट्री प्रष्ट देखिन्छ । उनीहरु एकअर्काको संगतमा रमाइलो गरेको र एकअर्कासँग निकै सहज देखिएका छन । अहिलेको लागि तिनीहरू यसलाई गोपनियता राख्न चाहन्छन्।’

यो खबर धेरैका लागि स्तब्ध पनि छ किनभने यसअघि सिद्धान्तको नाम अमिताभ बच्चनकी नातिनी नव्या नवेली नन्दसँग जोडिएको थियो । दुवैजना प्रायः सँगै समय बिताएको देखिएको थियो । यद्यपि अफवाह माथी जोडीले डेटिङको समाचारमा कहिल्यै टिप्पणी गरेनन्। न त उनीहरुले आफ्नो सम्बन्धको पुष्टि गरे न त कहिले इन्कार गरेका थिए ।

तर, अहिले सचिन तेन्दुलकरको प्यारोको कुरा गर्दा साराको नाम यसअघि क्रिकेटर शुभमन गिलसँग जोडिएको थियो । यद्यपी शुभमनले आफ्नो अन्तर्वार्तामा अहिले आफ्नो काममा मात्र ध्यान केन्द्रित रहेको र डेटिङका ​​सबै हल्ला गलत रहेको स्पष्ट पारेकी थिइन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.