प्रहरी अधिकृतहरूको बढुवा व्यवस्थित गर्ने लिडरसिप एन्ड स्टाफ कोर्स सुरु

डिसी नेपाल
२१ वैशाख २०८२ १२:१७
788
Shares

काठमाडौं । लामो समयदेखि नेपाल प्रहरीले चाहेको लिडरसिप एन्ड स्टाफ कोर्स सुरु गरेको छ । पहिलो पटक नेपाल प्रहरीले शुरु गरेको स्टाफ कोर्स भृकुटीमण्डपस्थित पुलिस क्लबमा गृहमन्त्री रमेश लेखकलाइ पहिलो ब्याचको उद्घाटन गराएर शुरु गरेको हो ।

स्टाफ कलेजका लागि ३५ जनालाई सहभागी गराउने भनिए पनि प्रवेश परीक्षामा १७ जना डीएसपी मात्रै उत्तीर्ण भएका छन् । २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएकालाई कोर्सको सुरुवात गरिएको हो । स्टाफ कलेजका लागि सञ्चालित मास्टर्स इन पोलिटिकर साइन्स (एमपीएस) परीक्षाको नतिजमा सहभागी १११ जनामध्ये १७ जना मात्रै उत्तीर्ण भएका थिए ।

उत्तीर्ण हुनेहरूमा प्रहरी नायव उपरीक्षकहरू कमल बेल्वासे, सूर्यबहादुर बोगटी, गोविन्द रावत, पुरुषोत्तम कार्की, आयुशप्रसाद जोशी, नरेशराज मल्ल, मुक्तिनाथ सापकोटा, ऋषिराम घर्ती मगर, टेकेन्द्र शर्मा पौडेल रहेका छन् । त्यसैगरी, सुवास भट्टराई, मिङमा शेर्पा, दयाकृष्ण भट्ट, कमलकुमार खड्का, हिरेन्द्रबहादुर रोकाया, ज्ञानबहादुर खड्का, विनोदकुमार सुनुवार र जनक पुरी रहेको र उनीहरुको व्याच नै पहिलो भएको प्रहरी प्रधानकार्यालयले जनाएको छ । प्रहरीमा पहिलोपटक सुरु भएको स्टाफ कोर्सले बढुवालाई व्यवस्थित बनाउने छ ।

स्टाफ कोर्स अध्ययन गर्नेहरूले तीन सेमेस्टरमा परीक्षा दिनुपर्नेछ । कुनै सेमेस्टरमा अनुत्तीर्ण भए जुन परीक्षामा भएको हो, त्यो सेमेस्टरको परीक्षा पुनः अर्को वर्ष दिन पाइनेछ । प्रस्तावित विधेयक संसद्बाट पारित भएर कार्यान्वयनमा आए स्टाफ कलेज पास नगर्नेहरू प्रहरी नायब महानिरीक्षक (डीआईजी) बन्न पाउने छैनन् । एसपी र एसएसपीमा पनि स्टाफ कलेज गरेका र नगरेकाकाका लागि छुट्टै कोटा तोकिएका छन् ।

स्टाफ कलेज गरेका ६० प्रतिशत र नगरेका ४० प्रतिशत डीएसपी एसपीमा बढुवा हुनेछन्। एसपीबाट एसएसपीमा बढुवा हुँदा स्टाफ कलेज नगर्नेका लागि २० प्रतिशत मात्रै कोटा हुनेछ । तर एसएसपीबाट डीआईजी बन्ने ढोका स्टाफ कलेज नगर्नेहरूका लागि बन्द हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.