प्रधानमन्त्री र मन्त्रीको विदेश भ्रमणको जानकारी गराउन माधव नेपालको माग

डिसी नेपाल
२१ वैशाख २०८२ १४:३२
132
Shares

काठमाडाैं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री र मन्त्रीहरुको विदेश भ्रमणका बारेमा अन्तर्राष्ट्रिय समितिलाई अनिवार्य जानकारी गराउनुपर्ने बताएका छन्।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्री र मन्त्रीहरुले विदेश भ्रमण गर्दा उठाएका बिषयबस्तुको समितिलाई अनिवार्य जानकारी हुने व्यवस्था गर्नुपर्ने बताएका हुन्।

प्रधानमन्त्री र मन्त्रीहरुहरुलाई आफ्नो भ्रमणका बारेका समितिलाई जानकारी गराउन आवश्यकता बोध गराउनुपर्ने उनले बताए।

समितिको वार्षिक प्रतिवेदन बारे आन्तरिक छलफलका क्रममा अध्यक्ष नेपालले सौर्य जहाज दुर्घटनाका बिषयमा समितिमा छलफल नभएकाले पीडितहरुसँग छलफल गर्न आग्रह गरे।

त्यस्तै माओवादी सांसद सुदन किराँतीले ठूलो लगानी भएका २२ वटा आन्तरिक बिमानस्थलमा उडान नहुदा बिमानस्थल बन्द हुने अवस्थामा पुगेको भन्दै जहाज खरिद भएका लागि भएका प्रयासका बारेमा छलफल गर्नुपर्ने बताए।

वायुसेवा निगमको पुनसंरचना पनि नहुने र नयाँ बिमान पनि खरिद गर्न नसक्दा निगम नै धरासयी हुने अवस्थामा पुगेको उनको भनाइ छ। त्यस्तै अन्य सांसदहरुले नेपालमा अधिकतम रुपमा पर्यटन भित्र्याउनका लागि सरकारले गरिरहेको पहलका बिषयमा छलफल गर्नुपर्नेमा जोड दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.