स्टाफ कलेजमा पढाइ हुने कोर्षले प्रहरीमा सकारात्मक परिवर्तन ल्याउँछ : गृहमन्त्री

डिसी नेपाल
२१ वैशाख २०८२ १६:१५
108
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले स्टाफ कलेजमा पढाइ हुने कार्सले प्रहरीमा सकारात्मक परिवर्तन आउने बताएका छन्।

आइतबार नेपाल प्रहरी स्टाफ कलेज कोर्सको उद्घाटन गर्दै गृहमन्त्री लेखकले स्टाफ कलेजमा पढाइ हुने कार्सले प्रहरीमा असल नेतृत्व निर्माण र सङ्गठनलाई असल नेतृत्व प्रदान गर्नेसमेत बताए।

स्टाफ कलेज कोर्सको सुरुवात गर्नु महत्वपूर्ण र ऐतिहासिक भएको भन्दै उनले राष्ट्र सेवामा समर्पित प्रहरीले गर्दै आएको काममा एउटा थप राम्रो काम भएको जिकिर गरे।

गृहमन्त्री लेखकले कलेजबाट प्रहरीमा व्यवसायिकता, प्रतिबद्धता, इमान्दारिता र कामप्रति समर्पित, सीप, ज्ञान, क्षमता र दक्षता भएको जनशक्ति उत्पादन हुने बताए। अहिलेको अवस्थामा देखिएको अपराधका घटनाको अनुसन्धान र नियन्त्रण गर्न पनि स्टाफ कलेज कोर्स महत्वपूर्ण हुने उनको भनाइ छ।

त्यस्तै प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरीको थप व्यवसायीकताका साथै कुशल नेतृत्व निर्माणका लागि प्रहरी स्टाफ कलेज कोर्सबाट फाइदा पुग्ने उल्लेख गरे।

वि.सं. २०७० मा प्रहरी निरीक्षकमा भर्ना भएको ब्याचबाट यो कोर्स लागू गरिएको प्रहरीले जनाएको छ। उक्त ब्याचबाट १७ जना उत्तीर्ण भएका थिए। प्रहरी सेवालाई आधुनिकीकरण, नेतृत्व क्षमताको विकास र अधिकृतलाई बदलिँदो सुरक्षा परिवेशसँग जुध्न सक्षम बनाउन स्टाफ कलेज कार्स एक रणनीतिक कदम भएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.