सुनको मूल्य बढ्यो
काठमाडौं। सुनको मूल्यमा ५०० रूपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार १ लाख ८४ हजार १०० रुपैयाँ कारोबार भएकाे सुन आज ५०० रुपैयाँले वृद्धि भएर १ लाख ८४ हजार ६०० सय रूपैयाँमा कारोबार भइरहेको हो।
तर, आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ। तोलामा १ हजार ९१० रुपैयाँ कारोबार भइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment