सात बुँदे सहमति कार्यान्वयनमा सरकार चूक्योः शेखर कोइराला

डिसी नेपाल
२२ वैशाख २०८२ १६:२९
184
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकार गठनका बेला भएको सात बुँदे सहमति कार्यान्वयनमा सरकार चूकेको बताएका छन्।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै कोइरालाले सात बुँदे सहमतिमा उल्लेख संविधानमा संशोधन, आर्थिक सुधार, भ्रष्टाचारलाई निर्मूल गर्ने, दण्डहीनताको अन्त्य, सुशासन कायम लगाएतमा सरकार चूकेको बताएका हुन्। उनले एमाले–कांग्रेसको दुई तिहाईको संख्याले नभइ सदनभित्र रहेका सबै दलका साथै सरोकारवालाहरुको राय लिएर मात्रै संविधानको पुनरावलोकन गर्नुपर्ने धारणा राखे।

त्यस्तै कोइरालाले कांग्रेसभित्र कुनै समस्या नरहेको स्पष्ट पारे। आफूलाई वर्तमान सरकार ढाल्न लाग्यो भन्ने आरोप सत्य नभएको भन्दै कोइरालाले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताए।

उनले दुई दलले बनाएको संयन्त्र आवश्यक नरहेको मात्रै आफ्नो भनाइ रहेको जिकिर गरे। संयन्त्र बनाउनुपरे सरकारभित्रैबाट बनाउन उनले सुझाव दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.