प्रिशा साहको मृत्युको सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई निर्देशन

डिसी नेपाल
२२ वैशाख २०८२ १७:२५
100
Shares

संसदीय समितिले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूटमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको रहस्यमय मृत्युको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ।

सिहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकले कलिंगा इन्स्टिच्यूट नेपाली विधार्थीको रहस्यमय मृत्युको घटना दोहरिएको भन्दै उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषी उपर कडा कारबाहीको पहल गर्न सरकारलाई निर्देशन दिएको हो।

साथै बैठकले आगामी दिनमा यस प्रकारका घटना दोहरिन नदिनका लागि सजकता अपनाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिइएको सभापति अम्मर बहादुर थापाले जानकारी दिए। बैठकले प्रिशा साहको मृत्युप्रति दुख प्रकट समेत गरेको उनले बताए।

बैठकमा शिक्षामन्त्री रघुजी पन्तले कलिंगा इन्स्टिच्यूटमा भएको घटनाप्रति सरकार गम्भीर रहेको भन्दै परराष्ट्रसंग निरन्तर समन्वयमा रहेको जानकारी दिए। उनले खुला सिमाका कारण भारतमा कति नेपाली पढ्न गएका छन् भन्ने यकीन नरहेको धारणा राखे। एनओसी लिएर गएका विद्यार्थीहरुको मात्र तथ्यांक सरकारसँग गरेको उनको भनाइ छ।

उनले कलिंगा इन्स्टिच्यूटमा विद्यार्थी पठाउने एजेन्सीका बारेमा बुझ्ने काम भइरहेको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.