ब्राउन सुगरसहित चन्द्रागिरीबाट विवेक गुरूङ पक्राउ

डिसी नेपाल
२३ वैशाख २०८२ १८:५६
456
Shares

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित इलाम, इलाम नगरपालिका-६ बस्ने २४ वर्षीय विवेक गुरूङलाई  प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख १३६४ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी सर्लाही, हरिवन नगरपालिका-४ पटौनास्थित सडकबाट अवैध लागूऔषध गाँजा १५ किलो २ सय ३ ग्राम सहित सिन्धुली हरिहरपुर गाउँपालिका-७ बस्ने २१ वर्षीय सविन बललाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले सिन्धुलीबाट हरिवनतर्फ आउँदै गरेको प्रदेश.३-०२-०१० प ८२९३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.