फेरि बढ्यो सुनको मूल्य

डिसी नेपाल
२४ वैशाख २०८२ ११:१२
748
Shares

काठमाडाैं। बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन एक हजार ७ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन मंगलबार सुन एक लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघका अनुसार आज चाँदी एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *