ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्तिको छैन टुंगो

डिसी नेपाल
२५ वैशाख २०८२ १२:०९
1.4k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ। यसका अतिरिक्त बैठकमा भारत–पाकिस्तानबीचको पछिल्लो तनावपूर्ण अवस्थाबारे छलफल हुनेछ।

आगामी आर्थिक वर्षको बजेट तयारीको प्रारम्भिक अवस्था, सरकारका विभिन्न तर्फबाट भइरहेका नीतिगत तथा कार्यक्रमगत कार्यान्वयनको समीक्षा र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ।

आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा कुनै निर्णय हुन्छ कि भन्नेबारे भने केही टुंगो नरहेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.