एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

डिसी नेपाल
४ पुष २०८२ ८:०४
36
Shares

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीसहित पदाधिकारीहरूको बैठक आज बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे कार्की ब्यांक्वेटमा बस्ने तय भएको हो।

यो बैठक हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक हो।

तेस्रोपटक पार्टी अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीसहित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बिहीबार नै शपथग्रहण गरिसकेका छन्।

११औँ महाधिवेशनबाट एमालेले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *