रेशम पक्राउबारे गृहमन्त्रीको जवाफ सन्तोषजनक, सरकारबाट बाहिरिदैनौं : रञ्जिता श्रेष्ठ

डिसी नेपाल
२६ वैशाख २०८२ १३:०८
2.4k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँग छिट्टै पार्टी एकता हुने बताएकी छन्।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले जनमत पार्टीका अध्यक्ष सीके राउतको व्यस्तताका कारण एकतामा केही ढिलाई भएको भन्दै छिट्टै पार्टी एकता हुने बताइन्।

पार्टीको पूर्वनिर्धारित कार्यक्रमका कारण सीके राउत काठमाडौं बाहिर रहेकाले उनी काठमाडौं फर्किएपछि दुई पार्टीबीच छलफल गरेर एकताको मिति तय गरिने उनले जानकारी दिइन्। अध्यक्ष श्रेष्ठले रेशम चौधरीलाई पक्राउ गरेको विषयमा गृहमन्त्रीले सदनमा दिएको जवाफ सन्तोषजनक रहेको उल्लेख गरिन्।

सदनमा गृहमन्त्रीले नै जवाफ दिइसकेको अवस्थामा वर्तमान सरकारबाट बाहिरिने कुनै सम्भावना नरहेको उनले बताइन्। यसअघि नागरिक उन्मुक्तिले रेशम चौधरीलाई पक्राउ गरेको बिषयमा गृहमन्त्रीको जवाफ नआए सरकार छाड्ने चेतावनी दिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.