प्रदीप नेपाल कठोर कम्युनिस्ट नियमबाट बाहिर निस्केर खुलापनका पक्षपोषण गर्ने नेता : राष्ट्रपति पौडेल

डिसी नेपाल
२६ वैशाख २०८२ १३:१६
828
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मन्त्री तथा बामपन्थी नेता प्रदीप नेपालको निधनमा दुःख व्यक्त गर्दै परिवारलाई समवेदना पठाएका छन्।

राष्ट्रपति पौडेलले समवेदना पठाउँदै नेपाललाई भिन्न मतहरूलाई प्रष्ट ढंगले आफ्ना विचारलाई राख्ने नेपाल कठोर कम्युनिस्ट नियमबाट बाहिर निस्केर खुलापनका पक्षपोषण गर्ने नेता रहेको उल्लेख गरेका छन्।

उनले विचारमा कठोर, जीवनशैलीमा सरल, अनि बहसमा निर्भीक प्रदीप नेपाल सम्मानको अपेक्षा नगर्ने शालिन विद्रोही भएर पनि संयोजनकारी भूमिकामा अब्बल नेताका रुपमा आफूले महशुस गरेको बताए।

राष्ट्रपति पौडेलले राजनीतिमा भन्दा अगाडि नै सञ्जय थापाका नामबाट प्रगतिशील साहित्यका क्षेत्रमा पहिचान बनाइसक्नुभएका नेपाललाई विचारभन्दा सिर्जनालाई प्राथमिकता दिने उनी एक इमानदार र निष्ठानवान बामपन्थी भएको बताए।

राष्ट्रपति पौडेलले समवेदनामा भनेका छन्, ‘उहाँका ‘नओइलाउने फूल’ (उपन्यास), ‘आकाश गंगाको तीरैतिर’ (उपन्यास), ‘देउमाइको किनार’ (उपन्यास), ‘पूर्वतिर’ (उपन्यास), ‘मुक्त आकाशको खोजी’ (संस्मरण) सहितका सृजनाहरू भावी पुस्ताका लागि मार्गदर्शक भएर रहने मैले विश्वास लिएको छु।’

राष्ट्रपति पौडेलले उनको निधनले लोकतान्त्रिक आन्दोलन तथा नेपाली साहित्यको क्षेत्रमा क्षति पुगेको आफूले महसुस गरेको उल्लेख गरेका छन्। राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देश शुक्रबार नेपालको निवास काँडाघारी पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले हस्तान्तरण गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.