भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध
नयाँदिल्ली। भारत र पाकिस्तानबीच जारी तनावको भुमरीमा मनोरञ्जन क्षेत्र पनि परेको छ।
भारतको केन्द्र सरकारले अब कुनै पनि पाकिस्तानी सामग्री, गीत, पोडकास्ट भारतमा देखाइन नपाइने निर्णय गरेकाे छ। साथै, सबै ओटीटी प्लेटफर्महरूलाई यसको निर्देशन पनि दिइसकेको छ। भारतमा पाकिस्तानी सामग्री प्रतिबन्धित गरिएको छ। अब दर्शकले पाकिस्तानी गीत र वेब सिरिज भारतमा भने हेर्न पाउने छैनन्।
भारतको ‘अपरेशन सिन्दूर’ पछि पाकिस्तानमाथि धेरै प्रतिबन्ध लगाउने क्रममा यो नयाँ कदम चालिएको हो। अहिले भारतले छिमेकी मुलुक पाकिस्तानको मनोरञ्जन उद्योगलाई पनि तोडने लक्ष्य राखेको भारतीय समाचार माध्यमले जनाएका छन्।
उनीहरूका अनुसार अब सबै प्लेटफर्मबाट पाकिस्तानी सामग्री भारतका लागि कम्तिमा हुने छैनन्। न त पाकिस्तानी गीतहरू, न त वेब सिरिज र पाकिस्तानी फिल्महरू नै भारतमा चल्नेछन्।
साथै, यो नयाँ कदम चाल्दै भारत सरकारले सबै ओटीटी प्लेटफर्महरूलाई कडा निर्देशन दिएको छ। यसअघि पहलगाम हमलापछि भारतले धेरै पाकिस्तानी युट्युब च्यानल र सेलिब्रेटीमाथि प्रतिबन्ध लगाएको थियो।
अब यसलाई एक कदम अगाडि बढाउँदै पाकिस्तानी मनोरञ्जन सामग्रीमा पनि प्रतिबन्ध लगाइएको हो। जसका कारण पाकिस्तानी मनोरञ्जन उद्योगलाई गहिरो झट्का लागेको भारतीय मिडियाहरूले दावी गरेका छन् । यी नियमहरू तत्काल प्रभावबाट लागू हुने स्पष्ट निर्देशन पनि दिइएको छ।
सन २०२१ को आईटी नियमहरू उल्लेख गर्दै कुनै पनि सामग्री नदेखाउनु पर्ने कारण निम्न रूपमा उल्लेख गरेको छ ।
– भारतको एकता र अखण्डतालाई हानि पुर्याउँछ
– देशको सुरक्षामा खतरा छ
सरकारले २२ अप्रिल २०२५ मा पहलगाममा हालै भएको आतंकवादी हमला र पाकिस्तानसँग सम्बन्धित संगठनहरूको भूमिकालाई ध्यानमा राखेर यो निर्णय गरेको हो।
यसका कारण, भारतका सबै स्ट्रिमिङ प्लेटफर्महरूलाई पाकिस्तानसँग सम्बन्धित सामग्रीहरू जस्तै चलचित्र, वेब सिरिज, गीत र पोडकास्टहरू, निःशुल्क वा सशुल्क, तत्काल प्रभावबाट हटाउन निर्देशन दिइएको छ। जसले भारतको अन्य देशसँगको सम्बन्ध बिगार्छ । मानिसहरूलाई हिंसामा उत्प्रेरित गर्ने वा समाजमा अशान्ति सिर्जना गर्छ ।







डिसी नेपाल








Facebook Comment