देशको अवस्था सही ढंगले विश्लेषण गर्ने बेला भयो : सभामुख घिमिरे

डिसी नेपाल
२७ वैशाख २०८२ १४:१२
116
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिकर्मीहरुले देशको अहिलेको अवस्थाको सही ढंगले विश्लेषण गर्ने उपयुक्त बेला भएको बताएका छन्।

पूर्व सांसद मञ्च, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालको वर्तमान अवस्था : चूनौति र समाधान बिषयक कार्यक्रममा सभामुख घिमिरेले देशको अवस्थामा बारेमा सकारात्मक र नकारात्मक दुवै ढंगले विश्लेषण हुने गरेको भन्दै अब देशको अहिलेको अवस्थाको सहि ढंगले विश्लेषण गर्ने उपयुक्त बेला भएको बताएका हुन्।

विश्लेषणका आधारमा मुलुकलाई अघि बढाउन उपयुक्त निर्णय लिनसक्नुपर्ने उनको भनाइ छ। सभामुख घिमिरेले चैत्र १५ गते भएको हिंसात्मक घटनाको चर्चा भइरहेको अवस्थामा अहिलको प्रणालीको बिरुद्धमा समेत भएका टिकाटिप्पणी यथार्थपरक नभएको उल्लेख गरे।

व्यवस्था परिवर्तन भएपछि अवस्था परिवर्तन भएन भन्ने विश्लेषण जनताले गरेपनि यथार्थमा त्यस्तो नभएको उहाले बताए। सभामुख घिमिरेले बिभिन्न आन्दोलनबाट आएको व्यवस्थाकै कारण मुलुकको अवस्थामा व्यापक परिवर्तन भएको जिकिर गरे।

व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने भाष्यमा टेकेर इतिहासलाई फर्काउन चाहने शक्तिहरुले टाउको उठाइरहेकाले संसदका गतिविधिहरु गम्भीर हुनुपर्ने उनले बताए।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सवै मिलेर देशमा सुशासन कायम गर्न सके जनताले विश्वास गर्ने बताए। उनले जनताको चाहना पुरा गर्ने दायित्व सरकारको भएको धारणा राखे। सरकारमा रहदा एउटा कुरा गर्ने र प्रतिपक्षीमा रहदा अर्को कुरा गर्ने परिपाटीले जनतामा भ्रम सिर्जना हुने गरेको उनले बताए।

उनले नेताहरुले जथाभावी बोल्ने गरेका कारण राजावादीहरु भ्रम फैलाउन सक्रिय भएकाले लोकतन्त्रबादीहरुले मिलेर जवाफ दिनुपर्ने उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.