लिग-२ खेल्ने नेपाली टोलीको घोषणा, दिपेन्द्र उपकप्तान

डिसी नेपाल
२७ वैशाख २०८२ १७:१४
1.3k
Shares

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको श्रृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ। नपाल क्रिकेट संघ (क्यान)ले शनिबार १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

स्कटल्यान्डमा हुने सिरिजका लागि रोहित कुमार पौडेलको कप्तानीमा टोलीको घोषणा भएको हो। क्यानले उक्त सिरिजका लागि अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिएको छ। दीपेन्द्रले साढे ३ वर्षपछि पुनः उपकप्तानको जिम्मेवारी पाएका हुन्।

२०७८ सालको मंसिरमा क्यानले आचारसंहिता उल्लंघन गरेको भन्दै दीपेन्द्रलाई उपकप्तान तथा ज्ञानेन्द्र मल्ललाई कप्तानको जिम्मेवारीबाट हटाएको थियो।

नेपाली टोलीमा कप्तान पौडेल, उपकप्तान दिपेन्द्रसहित आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार साह, भिम सार्की, आरिफ शेख, वसीर अहमद, गुलशन कुमार झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल छन्।

नेपालले लिग-२ लगत्तै स्कटल्याण्डम टी-२० अन्तर्राष्ट्रिय सिरिज पनि खेल्ने भएको छ। त्यसका लागि नेपालले थप तीन खेलाडीहरू पनि चयन गरेको छ।

टी-२० टोलीमा थपिएका खेलाडीहरूमा रुपेश कुमार सिंह, लोकेस बम र किरण ठगुन्ना छन्। यी खेलाडीहरूले प्रतिस्थापन गर्ने खेलाडीहरूको नाम भने लिग-२ को खेलहरू समाप्त भएपछि मात्र सार्वजनिक गरिने क्यानले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.