मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माणमा सरकारले ध्यान दिन्छः ऊर्जामन्त्री खड्का

डिसी नेपाल
२९ वैशाख २०८२ १६:४१
76
Shares

मेलम्ची। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको पुनःनिर्माणमा सरकारले ध्यान दिने बताएका छन्।

सोमबार मेलम्ची र हेलम्बु क्षेत्रको स्थलगत अनुगमन गर्दै मन्त्री खड्काले बाढी प्रभावित क्षेत्रको पुनःनिर्माणमा सरकारले काम गर्ने बताएका हुन्। उनले मेलम्ची र हेलम्बु क्षेत्रमा सिँचाइ व्यवस्थापनका लागि विशेष योजना अघि बढाउने प्रतिबद्धता जनाए।

उर्जामन्त्री खड्काले पहाडी क्षेत्रका उर्वर भूमिको सदुपयोग गर्न सिँचाइ व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताए। पहाडी क्षेत्रमा कृषिको उत्पादनलाई बढावा दिन सिँचाइ व्यवस्थापन एकदमै महत्वपूर्ण भएको उनको भनाई थियो।

त्यस्तै सो क्षेत्रका सांसद मोहन बस्नेतले बाढी प्रभावित क्षेत्रमा अस्थायी पुल बनाएपनि प्रभावकारी बनाएकाले स्थायी संरचना बनाउनुपर्नेमा जोड दिए।

विस २०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठूलो धनजनको क्षति पुर्‍याएको थियो। निरीक्षणका क्रममा मन्त्री खड्कालाई सोही क्षेत्रका स्थानीयहरूले बाढीपहिरोले पुगेको क्षतिको पुन निर्माण गर्न माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.