सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन

डिसी नेपाल
१ जेठ २०८२ १८:३४
120
Shares

काठमाडौं । सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको मृत्यु भएको छ। सगरमाथाको चौथो शिविरमा गएराति आराम गरिरहेका अवस्थामा उनको निधन भएको पर्यटन विभागले जनाएको छ।

उनी स्नो होराइजन टेक्स एण्ड एक्सपिडिसन प्रालिमार्फत सगरमाथा आरोहणमा गएका थिए। फिलिप चौथो शिविरमा करिब रातको ७/८ बजे थकित अवस्थामा पुगेको र आराम गरेका अवस्थामा मृत्यु भएको आरोहण दलका सदस्यबाट आज बिहान जानकारी प्राप्त भएको विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मृतकको शव आवश्यक प्रक्रिया पुर्‍याएर आधार शिविर ल्याउने प्रक्रिया भइरहेको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.