सवारी दुर्घटनमा युवकको मृत्यु

डिसी नेपाल
३ जेठ २०८२ १०:०७
424
Shares

रौतहट । पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिकास्थित दुर्घटनामा परेर एक युवकको ज्यान गएको छ।

मृतकको पहिचान नखुले पनि उनी अन्दाजी ३५ वर्षीय युवक भएको प्रहरीले जनाएको छ। गएराति १० बजेको समयमा चन्द्रपुर–४ पूर्व-पश्चिम राजमार्ग सडक खण्डमा युवक दुर्घटना परेर घाइते अवस्थामा फेला परेका थिए।

प्रहरी गस्ती टोलीले तत्काल उनलाई उद्धार गरी उपचारको लागी स्थानीय अस्पतालमा पठाइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। उनी राजमार्गमा गुडिरहेको कुनै गाडीबाट लडेर दुर्घटनामा परेको हुनसक्ने अनुमान प्रहरीको छ।

मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा राखिएको तथा घटना सम्बन्धी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.