कोसी प्रदेशका सांसदहरू चढेको गाडी दुर्घटना

डिसी नेपाल
५ जेठ २०८२ १६:२३
3.8k
Shares

काठमाडौं । कोसी प्रदेशका सांसद चढेको गाडी नेपाल प्रहरीका डीएसपीले चलाएको अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको छ । मोरङको कानेपोखरीमा दुर्घटना भएको हो ।

अर्को गाडी जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले चलाइरहेका थिए । सांसदहरू चढेको गाडीमा कोसी प्रदेशसभाका सदस्यहरू नम्बरलाल धिमाल, मैयाँ श्रेष्ठ, राधाकृष्ण खनाल र विद्या चाम्लिङ थिए ।

कोसी प्रदेशसभाको बेठकमा सहभागी हुन सांसदहरू प्रदेश सभातर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । गाडी सांसद मैंयाँ श्रेष्ठको भएको बताइएको छ । दुर्घटनामा कसैलाई चोटपटक लागेको छैन तर गाडी भने क्षतिग्रस्त भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.